समानुपातिक तर्फ सम्भावित प्रदेश सभा सदस्य हरु

धनगढी : मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा २१ जना समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य छानिदै छन् ।
प्रदेशमा समानुपातिकतर्फ नेपाली काँग्रेसले सात सिट पाउने निश्चित भइसकेको छ । योसंगै प्रत्यक्षतर्फ १२ र समानुपातिक तर्फ सात गरि प्रदेश सभामा नेपाली काँग्रेसका १९ सिट पुग्ने देखिन्छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ जना निर्वाचित भइसकेका छन् । प्रदेशमा प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्र आठ, नेकपा एमालेले तीन, नागरिक उन्मुक्ति पार्टी पाँच, एकीकृत समाजवादी पार्टी तीन र एक स्वतन्त्र उम्मेदवार निर्वाचित भइसकेका छन् ।

समानुपातिकतर्फ नेकपा एमालेले सात, नेकपा माओवादी केन्द्र तीन, नागरिक उन्मुक्ति पार्टीले दुई, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक सिट पाउने निश्चित भइसकेको छ ।

प्रदेशमा समानुपातिकतर्फ १७ जना महिला आउने भएपछि सबै दलहरुको सम्भावित व्यक्तिहरुको पनि चर्चा भईरहेको छ । समानुपातिकतर्फ सात सिट पाउने नेपाली काँग्रेसले छ जना महिला र एक जना पिछ्डिएको क्षेत्रबाट छनौट गर्ने छ । काँग्रेसमा खसआर्यबाट मधु भारती, सरस्वती खडका, जुनाकुमारी दानी र डम्मरी महराको नाम अघि सारिएको छ भने दलितबट ललिता सुनार, थारुबाट गीताकुमारी चौधरी र पिछ्डिएको क्षेत्रबाट धनबहादुर बुढाको चर्चा पक्का पक्की नै भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply