दुर्घटनाग्रस्त यतीको विमानमा को-को थिए सवार (नामावली सहित)

पोखरामा आज बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए ।

‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, उनले भने, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।’

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना अशक्त भएका व्यक्ति सवार थिए ।

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा सवार ७२ जनाकै विवरण खुलेको छ । विमानमा ३५ पुरुष र २७ महिला सवार थिए ।

यती एयरलाइन्सको ६१९ फ्लाइट नम्बरको विमान आइतबार काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको पोखराका लागि उडेको थियो । उक्त जहाज १० बजेर ५४ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । यतीको विमान सेती नदीको खोचमा दुर्घटनामा परेको हो ।

विमानमा सवार यात्रुको नामावली:


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply