खानेपानीको समस्या हट्ने

हेटाैँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बाँनियाले हेटाँैडा उपमहानगरपालिका–१४ मा निर्माण भएको खानेपानी ट्याङ्कीको सयुक्तरुपमा आज उद्घाटन गर्नुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुर, हेटाँैडा तथा खानेपानी व्यवस्थापन बोर्ड हेटाँैडाको रू दुई करोड ४० लाख सयुक्त लगानीमा निर्माण भएको सो ट्याङ्कीको खानेपानी भण्डारण क्षमता तीन लाख लिटर छ ।

हेटाँैडा उपमहानगरपालिकाकाले उक्त ट्याङ्कीबाट उक्त वडाको भित्री ग्रामीण क्षेत्रमा पानी लैजानका लागि दुई दशमलव चार किमी मुख्य पाइपलाइन तथा करिब १७ किलोमिटर शाखा पाइपलाइन विस्तार एवं जडान गरेर खानेपानीको सुविधा पु¥याएको प्रमुख लामाले जानकारी दिनुभयो ।

समारोहमा नवनिर्मित खानेपानी ट्याङ्की हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई हस्तान्तरण गरिएको छ । ट्याङ्की निर्माणपछि हेटाँैडा वडा नं १४ को वनेलधाप र कालापानीमा रहेका चार सय २५ घरपरिवारले खानेपानीको समस्याबाट मुक्त हुने अपेक्षा गरिएको छ ।

अहिलेको वडा नं १४ र तत्कालीन चुरियामाई गाविसको वडा नं १ र दुईमा रहेको वनेलधाप र कालापानीमा खानेपानीको ठूलो समस्या थियो । उनीहरु छिमेकी बारा जिल्लाबाट पानी ढुवानी गरेर ल्याउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply