पत्रकार ऐर माथि अाक्रमण घटना प्रति मासम को ध्यानाकर्षण ।

धनगढी खबर डटकममा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियन कैलालीका सदस्य शेर बहादुर ऐर माथि भएको सांघातिक आक्रमण प्रति मानबअधिकार संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मानवअधिकार संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेश समितिका प्रदेश अध्यक्ष डिल्लीराज जोशी र प्रदेश सचिब राजेन्द्र रैका ले अाईतबार एक प्रेस बिज्ञप्ती जारी गर्दे पत्रकार ऐर माथि सांघातिक आक्रमण घटनाको निन्दा एंव भत्सर्ना गर्दे उक्त घटनाको छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन जोडदार माग गरेका छन। साथै मासमले पत्रकार ऐर माथि भएको सांघातिक आक्रमणको घटनालाई गम्भीर रुपमा लिन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित सबैमा अाह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply