सामुदायिक_वन_उपभोक्ता_समूह_विशेष_धारणा

राजुराम सार्की भुल
कञ्चनपुर :- नेपालकाे इतिहासमा वनक्षेत्रलाई जहिले पनि राज्यसत्ताले अाफ्नाे शासन सत्ता टिकाउन दुरुपयोग गर्दै अाइरहेकाे छ । जसको सबैभन्दा ज्वलन्त उदाहरणकाे रूपमा थियो “विर्ता” दिने चलन । उतिबेला अाफ्ना अासेपासे र राज्यसत्तालाई चुनाैती दिनसक्ने केही बलिया अनि टाँठाबाँठाहरूलाई मात्रै विर्ता दिने गरिन्थ्यो । समयकाे गतिसंगै देशमा थुप्रै खालका राजनीतिक क्रान्तिहरू सम्पन्न भए र साेहि अनुरूप राज्यको शासकीय स्वरूप अनि राजनीतिक तथा प्रशासनिक संरचनाहरू पनि फेरिदै गए । जसरी राज्यका हरेक क्षेत्रमा परिवर्तन भयो, ठिक त्यसैगरी नेपालकाे वन क्षेत्रमा पनि विभिन्न कालखण्डमा विभिन्न तरिकाले वनको वर्गीकरण गर्ने काम भयो । विभिन्न वन व्यवस्थापन पद्धतिहरू जस्तै “वैज्ञानिक वन व्यवस्थापन” पनि एउटा पद्धति मात्रै हाे, तर राज्य र सरकारका केही थान भ्रष्ट कर्मचारीहरूकाे उक्साहटमा कतिपय साथीहरूले यसै(वैज्ञानिक वन व्यवस्थापन पद्धति)लाई नै वनको प्रकार/किसिममा परिणत गरेर सामुदायिक वनकाे मर्म, भावना र अवधारणाकाे नै धज्जी उडाइरहेका छन् ! जबकि विश्वमा नेपाल मुख्यगरी ४ नामबाट विश्वविख्यात छ; १) बुद्धकाे देश, २) सगरमाथाकाे देश, ३) कसैको गुलाम नभएको देश र ४) सामुदायिक वनको देश ! जसको नामले दुनियाँमा नेपालकाे गरिमा र सान बढेको छ, त्यसैलाई नै मेट्न खाेज्नु किमार्थ पनि सहि हाेइन । यदि सामुदायिक वनमा काेहि कसैले पनि राज्यसत्ताको अाडमा अनियमितता, भ्रष्टाचार र अपारदर्शीता कार्य गरिरहेका छन् भने त्यसलाई सम्बद्ध सबै मिलेर नियन्त्रण, नियमन गरेर सुधार्दै, सच्याउदै, परिमार्जन गर्दै र समिक्षा गर्दै अघि बढाैं । परन्तु चित्त नबुझिएकाे विषयमा फरक मत जाहेर गर्ने अधिकार प्रत्येक व्यक्ति/नागरिकलाई संविधानत: छदैछ ! र पनि केही वन माफिया, करोडौं भेटि चढाएर सरूवा/बढुवा भएका वन अधिकृत, रातारात धनी हुने सपना बाेकेका कथित संरक्षणकर्मीहरू सुनियोजित रूपमा न्वारानदेखिकाे बल लगाएर सामुदायिक वनलाई समाप्त पार्न निरन्तर लागिरहेकै थिए र छन् पनि ! हेक्का रहाेस उपभोक्ता, पदाधिकारी, जनप्रतिनिधि र वन अधिकृतहरू नभए पनि प्रकृति अाफ्नै गतिमा चलिरहेकाे थियो, चलिरहेकाे छ र चलिरहने नै छ । तथापि प्रकृति/पर्यावरण बिना हामी सबैको भविष्य अनिश्चित मात्रै हाेइन असम्भव समेत छ। किन्तु तपाईं हामी नभए पनि प्रकृतिलाई केही फरक पर्दैन, पर्नेछैन ! तसर्थ अब त enough is enough भन्ने बेला भयो । वास्तविक सामुदायिक वनकर्मीहरू फेरि एकपटक खाेसिएकाे अधिकार प्राप्तिका खातिर जागाैं, उठाैं र जुटाैं ।
हरित अभिवादन सहित !
राजुराम सार्की भुल
अध्यक्ष/सामुदायिक वन उपभोक्ता महासंघ नेपाल
वेदकाेट नगर महासंघ, वेदकाेट नगरपालिका, कञ्चनपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply