४४ हजार डलर भित्र्याउने पोखराको अल्ट्रालाइट

पोखरामा सञ्चालित साहसिक खेल अल्ट्रालाइट प्रा.लि. सरकारद्वारा सम्मानित भएको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको हो । बुधबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँतीले पोखरा अल्ट्रालाइट सहित अन्य विभिन्न क्षेत्रका कम्पनीहरूलाई सम्मानित गरेका हुन् ।अल्ट्रालाइटले साहसिक खेलअन्तर्गत सन् २०२२ अगस्ट १ देखि २०२३ अगस्टसम्ममा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सफल भएकाले सम्मानित भएको हो । पोखरा अल्ट्रालाइटका तर्फबाट योगेन्द्र थापाले सम्मान ग्रहण गरेका थिए । यस कम्पनीले सो वर्ष ४४ हजार ३८८ अमेरिकी डलर आर्जन गरेको बताइएको छ ।पोखरामा सन २०११ देखि पोखरा अल्ट्रालाइटले साहसिक खेलका पारखीहरूका लागि उडान गराउँदै आइरहेको छ । पोखराको बाराही चोकमा कार्यालय रहेको यस कम्पनीका अध्यक्ष विप्लव पौडेल हुन् भने म्यानेजिङ डाइरेक्टरमा पोम नारायण श्रेष्ठ छन् ।

पछिल्लो समय अल्ट्रालाइटमा उडेर विभिन्न हिमशृङ्खला तथा पोखरा सहरको मनोरम दृश्यावलोकनका लागि अल्ट्रालाइट लोकप्रिय बन्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply