अफगानिस्तानमा शनिबार राती गएको भूकम्प : २ हजार मानिसको मृत्यु, ९ हजार घाइते

प्रकोप मन्त्रालयका प्रवक्ता मुल्लाह जनान सैइकले २०५३ जनाको मृत्यु भएको र ९,२४० जना घाइते भएका बताए। उनले १,३२९ घरमा क्षति पुगेको जानकारी दिए।

काबुल : अफगानिस्तानमा शनिबार राती गएको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु हुनुका साथै ९ हजारभन्दा बढी घाइते भएका रोयटर्समा उल्लेख गरेको छ।

तालिबान प्रशासनले आइतबार भूकम्पको जोखिममा रहेको पहाडी क्षेत्रमा वर्षौं यताकै सबैभन्दा घातक भूकम्पमा आएको जनाएको छ।

हेरात सहरबाट ३५ किलोमिटर (२० माइल) उत्तरपश्चिममा भूकम्प गएको थियो। भूकम्प ६.३ म्याग्निच्युडको गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

प्रकोप मन्त्रालयका प्रवक्ता मुल्लाह जनान सैइकले २०५३ जनाको मृत्यु भएको र ९,२४० जना घाइते भएका बताए। उनले १,३२९ घरमा क्षति पुगेको जानकारी दिए।

भूकम्पले हेरातमा त्रास फैलाएको छ। मानिस घर छोडेर सडकमा बसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply