सुदूरपश्चिम सम्भावनाको भरिपूर्ण क्षेत्र : मन्त्री साउद

परराष्ट्र मन्त्री एनपी साउदले सुदूरपश्चिम प्रदेश सम्भावनाको दृष्टिकोणले भरिपूर्ण भए पनि बजेटको अभाव भएको बताएका छन् । सुदूरपश्चिम पत्रकार समाज, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको दसैँ, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले सुदूरपश्चिममा भएका विविध सम्भावनाहरूको प्रचार–प्रसार तथा विकासका लागि बजेटको अभाव भएको बताए ।

अब तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले पहिले सुदूरपश्चिमबाट काठमाडौं आउन धेरै सकस बेहोर्नुपर्ने भए पनि अहिले विभिन्न नदीमा पुल निर्माण हुँदा धेरै सहज भएको धारणा राखे। उनले राज्यले सुदूरपश्चिमलाई हेर्न दृष्टिकोण पनि बदल्न आवश्यक रहेको धारणा राखे।

‘देशको कुनै पनि ठाउँ सुदूर हुनु हुँदैन, देशको कुनै पनि ठाउँ भूगोलका आधारमा सुदूर हुँदैन, अब यो दृष्टिकोण बदल्न आवश्यक छ,’ उनले भने।

उनले सुदूरपश्चिमको प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएर त्यहाँको विकासको विषयमा योजना बनाए पनि बजेटको कारणले योजना पुरा नहुने धारणा राखे । उनले बजेट जनसंख्याको अनुपातमा विनियोजन हुने भएको बताउँदै सुदूरपश्चिममा सोचेअनुरुपको बजेट विनियोजन नहुने धारणा राखे।

‘सुदूरपश्चिममा बढी बजेट विनियोजन गर्ने मनसाय भए पनि जनसंख्याको आधारमा बजेट विनियोजन हुन्छ, बजेट विनियोजन न्यून हुने परिपाटी चुनौतीपूर्ण छ, सहरमा चालु बजेटले तान्ने भए पनि सुदूरपश्चिममा त्यो अवस्था छैन, यसको मारमा सुदूरपश्चिम पर्ने गरेको छ,’ उनले भने।

यस्तै, उनले सरकारले उच्च प्राथमिकतामा राखेर सुदूरपश्चिममा भएको पर्यटन तथा सांस्कृतिक विविधताको प्रचार–प्रसार तथा विकास गर्नुपर्ने बताए। उनले जलविद्युत् र कृषिमा सुदूरपश्चिम ठूलो सम्भावनाको क्षेत्र भएको बताए।

यस्तै, उनले पछिल्लो समय सुदूरपश्चिममा ठूला परियोजनाहरू निर्माणाधीन अवस्थामा रहेकोले त्यसले सिंगो सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने बताए। उनले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि सरकार लागि परेको धारणा राखे। मन्त्री साउदले इजरायल युद्धमा बेपत्ता भएका नेपालीको खोजीका लागि हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि कुरा हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply