तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको मृत्यु एक घाइते

तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको मृत्यु भएको छ । भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका ती युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार भानु नगरपालिका–४ फलाखेत बस्ने २४ वर्षीय धनबहादुर तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय राजकुमार तामाङ अरिङ्गालले टोकेर घाइते भएका थिए । दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज चितवनमा पठाइएको थियो ।घाइतेमध्ये राजकुमार तामाङको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाइते धनबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply