हमासका सुरुङ ध्वस्त पार्न इजरायलले प्रयोग गर्न लागेको स्पन्ज बम

गाजापट्टीमा हमास विद्रोहीहरुले निर्माण गरेका सुरुङलाई निस्तेज पार्नका लागि इजरायलले नयाँ हतियार प्रयोग गर्दैछ । यो एउटा विशेष खालको बम हो जसको विस्फोटबाट अन्य बमको जस्तो ठुलो आवाज निस्किंदैन । तर यो जहाँ विस्फोट हुुन्छ त्यहाँ व्यापक रुपमा फ्रिज निस्किन्छ र केही बेरमै ढुंगाजस्तै कडा बन्दछ । जसका कारण यो स्पन्ज बम आक्रमणपछि सुरुङ अवरुद्ध बन्नुका साथै त्यसभित्र राखिएका हतियार तथा खरखजानाका साथै मानिसहरु समेत सबै ढुंगामा परिणत हुन्छन् ।

वास्तवमा इजरायल आफ्ना अत्याधुनिक हतियारका लागि विश्वभर नै चिनिन्छ । गाजामा हवाई आक्रमणसँगै जमीनबाट समेत आक्रमण सुरु गरेको इजरायलका लागि हमासले त्यहाँ निर्माण गरेका ठुलो संख्याका जटिल सुरुङहरू ठुलो चुनौतीका रुपमा रहेका छन् ।हमास विद्रोहीहरु ती सुरुङमा लुकेर गुरिल्ला युद्ध गर्ने, भाग्ने तथा अकस्मात आक्रमण गर्ने गर्दछन् । ती सुरुङमा हमासले आफ्ना हतियार लुकाउँछन् र त्यहीबाट रकेट आक्रमणसमेत गर्दछन् । हतियार तथा रकेटको भण्डारणका लागि ती सुरुङलाई उसले गोदामको रुपमा प्रयोग गर्दछ ।

इजरायलले जमीनबाट गर्ने आक्रमणका क्रममा सबैभन्दा ठूलो काम अब यिनै सुरुङलाई बन्द गराउनु हो । हमासका तिनै सुरुंगलाई सिल गराउन तथा बन्द गराउनका लागि इजरायलले स्पन्ज बमको प्रयोग गर्दैछ ।

स्पन्ज बम एक प्लास्टिकको बोरामा राखिएको हुन्छ । त्यसमा दुईवटा फरक-फरक खालका रसायन हुन्छन् । ती रसायनलाई एउटा धातुको प्लेट वा रडबाट अलग राखिएको हुन्छ । जब उक्त रड हटाइन्छ तब ती दुई फरक रसायनहरु एक आपसमा मिसिएर रासायनिक प्रतिक्रिया गर्दै फिंजयुक्त तरल पदार्थ बनाउँछन् । उक्त पदार्थ हावाको सम्पर्कमा आएसँगै तीव्र रुपमा फैलिन्छ र कडा हुन थाल्छ । यो यति तीव्र रुपमा फैलिन्छ कि त्यसको कल्पना पनि गर्न सकिन्न । त्यसैले उक्त पदार्थले तीव्र गतिमा सुरुङलाई बन्द गरिदिन्छ ।

सुरुङभित्र लुकाइएको छ बन्धकहरुलाई
हमास विद्रोहीहरुले इजरायलबाट अपहरण गरेर लगेका मानिसहरुलाई गाजास्थित सुरुङभित्रै बन्धक बनाएर लुकाएका छन् । इजरायली कमान्डोले सुरुङको खानतलासी गर्ने समयमा एका तर्फबाट सुरुङमा यो बम विस्फोट गराउँदै जानेछ ताकि सुरुङ बन्द होओस् । यो बममा रहेका रसायन निकै नै प्रतिक्रियात्मक तथा प्रज्वलनशील छन् । तर फिंज कडा भएर जमेसँगै यसलाई फोड्न सजिलै हुँदैन । एकपटक यसलाई सुरुंगमा विस्फोट गरेर बन्द गरिदिएसँगै त्यसलाई पुनः खोल्नु निकै मुस्किल हुन्छ ।

अमेरिकी सेनाले प्रयोग गर्थ्यो यस्तै गोली

अमेरिकी सेनाले सन् १९९० को दशकमा सोमालियामा दंगा नियन्त्रण गर्नका लागि अत्यधिक रुपमा टाँसिने (अल्ट्रा स्टिकी) फिंजवाला गोली प्रहार गर्दथ्यो । ती गोलीबाट निस्किने फिंजले दंगाकारीहरुको हातखुट्टालाई बाँधिदिन्थ्यो । जसका कारण प्रदर्शनकारीहरु घाइते नभईकन ढल्दथे र उनीहरुलाई सजिलैसँग गिरफ्तार गर्न सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply