आइतबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च

आइतबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ।

आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा तोकिएको छ।

यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत मंसिर ६ गते डलरको भाउ १३३ रुपैयाँ ६८ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य २ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ २५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९१ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रुपैयाँ १५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९० पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६७ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply