रुकुम पश्चिमको सोतीमा ६ जनाको सामूहिक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय

रुकुम पश्चिमको सोतीमा ६ जनाको सामूहिक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

हत्या गरिएका नवराज बिककी प्रेमिका, उनकी आमा र दाजुलाई भने जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला भएको अदालतकी स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन् ।

६ जना युवकको सामूहिक हत्या गरिएको उक्त मुद्दामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो । जाहेरवाला र सरकारी वकिलतर्फका १५ र प्रतिवादीतर्फका ६ जना वकिलले बहस गरेका थिए ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवकको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज र उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिट गरेर गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

प्रेमिका भनिएकी किशोरीले हत्या भएको स्थानमा नपुगेको बयान दिए पनि निजकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको छ । २०७७ साल जेठ ३२ मा रुकुम पश्चिम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो ।

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो । पदमबहादुर बुढा, शोभे नेपाली लगायतको जाहेरीका आधारमा प्रहरी अनुसन्धान भइ नेपाल सरकारले ३४ जनालाई ज्यान मारेको मुद्दामा जन्मकैद, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावको कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना तथा ज्यान मार्ने उद्योगमा संलग्नहरूको हकमा १० वर्षसम्मको कैद सजायको माग दाबी लिइएको छ ।

यी व्यक्तिलाई थियो अभियोग

सौरभ पुन

तुलाराम घर्ती

रेशम बहादुर मल्ल

रमित पुन मगर

दीपेन्द्र चन्द

तुल बहादुर मल्ल

सन्तोष मल्ल

डम्बरबहादुर मल्ल (वडाअध्यक्ष)

प्रेमबहादुर ठकुरी

विनोद मल्ल

सर्वजित भन्ने सविन पुन

टोपबहादुर मल्ल

डिल्ली घर्ती

भीमबहादुर पुन

इन्द्रबहादुर मल्ल

तिलक चन्द

क्वापे भनिने लोकेन्द्र घर्ती

नेत्रबहादुर मल्ल

विराज पुन मगर

विष्णु मल्ल

मोहन पुन मगर

मानबहादुर मल्ल

भीमबहादुर बुढा

हर्कबहादुर मल्ल

इन्द्र बहादुर भन्ने इर्दबहादुर ठकुरी

धनराज राना

डिल्ली मल्ल ठकुरी

नवीन कुमार घर्ती मगर

लिपेन्द्र कुमार मल्ल

तीन जना नाबालाकरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply