मुस्ताङ प्रहरीको टाउको दुखाई, घासामा राखियो सूचना बोर्ड

पछिल्लो समय बिना अनुमति मुस्ताङमा ड्रोन उडाउने बढेका छन् । केहीलाई प्रहरीले पक्राउ गरेको छ भने केही प्रहरीको आँखा छलेर ड्रोन उडाइरहेका छन् । आन्तरिक र बाह्य दुवै पर्यटकले अनुमति विना ड्रोन लगेपछि प्रहरीले कडाइ गर्न थालेको छ । ड्रोन र सञ्चार सेट लिई मुस्ताङ जिल्लाको निषेधित क्षेत्रमा जानेहरू बढेपछि सुरक्षाका लागि घासामा सूचना बोर्ड राखिएको छ । मुस्ताङ प्रवेश नाका घासामा पर्यटकहरुको सुविधाका लागि उक्त बोर्ड राखिएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण आयोजनाले सूचना बोर्ड राखेको प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए । उत्तरी मुस्ताङको नाका छुसाङमा पनि थप बोर्ड राखिने उनले सुनाए । पछिल्लो साउन यता अनुमति नलिई मुस्ताङ लगिएका २८ वटा विभिन्न प्रकारका ह्याण्ड सेटहरु प्रहरीले नियन्त्रणमा लिएको छ । साउन यता नै सम्बन्धित निकायको अनुमति नलिई निषेधित क्षेत्रमा उडाइएका दुईवटा ड्रोन नियन्त्रणमा लिएर कारवाहीका लागि नागरिक उड्ययन कार्यालय जोमसोममा राखिएको उनले जानकारी दिए । सूचनाको पनि अटेर गरे कडा कारबाही गरिने उनको भनाई छ । पछिल्लो साउन यता अनुमति नलिई मुस्ताङ लगिएका २८ वटा विभिन्न प्रकारका ह्याण्ड सेटहरु प्रहरीले नियन्त्रणमा लिएको छ । साउन यता नै सम्बन्धित निकायको अनुमति नलिई निषेधित क्षेत्रमा उडाइएका दुईवटा ड्रोन नियन्त्रणमा लिएर कारवाहीका लागि नागरिक उड्ययन कार्यालय जोमसोममा राखिएको उनले जानकारी दिए । सूचनाको पनि अटेर गरे कडा कारबाही गरिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply