कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटामा भएको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

७ फागुन धनगढी
कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटामा भएको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १९ वडा कार्यालयको आयोजनामा माध्यामिक तथा आधारभूत स्तरिय प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा माध्यामिक तह तर्फ लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा र आधारभूत तर्फ बैजनाथ माध्यामिक विद्यालय महेन्द्रनगर प्रथम भएका छन । माध्यामिक तर्फ द्वितिय तर्फ सरस्वती मावि उल्टाखाम, तृतिय तर्फ बैजनाथ मावि महेन्द्रनगर र सान्त्वना भृकुटी मावि महेन्द्रनगर भएका छन ।

आधारभूत तर्फ द्वितिय पनि लक्ष्मी मावि बागफाँटा नै भएको छ । तृतिय तर्फ भृकुटी मावि महेन्द्रनगर र एभरेष्ट पब्लिक स्कुल भएको छ । मावि तर्फ क्रमस प्रथम, द्वितिय, तृतिय, सान्त्वना तर्फ ५, ४, ३, २ र आधारभूत तर्फ क्रमस ४, ३, २ र १ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

पञ्चकृत माविका अध्यक्ष सन्तोषी साउदको अध्यक्षतामा भएको कार्यक्तममा भीमदत्त नगरपालिका १९का वडाध्यक्ष जागुराम चौधरी प्रमुख अतिथि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply