नामिबियाविरुद्ध २० ओभरमा नेपालको चार विकेट गुमाएर १०० रन

फागुन ९ धनगढी
आईसीसी क्रिकेट वल्र्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १०० रन बनाएको छ । नेपालका पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल २२ र छैटौँ नम्बरका ब्याट्सम्यान रोहित पौडेल शून्य रन बनाउँदै क्रिजमा छन् ।

त्यसअघि १९.५ ओभरमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख ५८ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ६४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply