दाङमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

फागुन ९ धनगढी
दाङमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको छ ।

मोटरसाइकल पुनले चलाएका थिए भने भण्डारी पछाडि सवार थिए ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही बजार नजिकै घोराही उपमहागनरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो।

घाइेलाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको केही बेरमै पौने ७ बजेतिर दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले सेतोपाटीलाई बताए ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिको मोटरसाइकलले साइकल यात्रीलाई जोगाउन खोज्दा दुर्घटनामा परेको थियो।

डिएसपी मल्लका दुर्घटनास्थलमा साइकल फेला परेको छ। तर साइकल चालक भने फेला नपरेको र खोजी भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply