दाङको घोराहीमा दुर्घटनामा दुई जना युवकको मृत्यु

फागुन १० धनगढी
दाङको घोराहीमा दुर्घटनामा दुई जना युवकको मृत्यु पछि उत्पन्न भएको तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ।

त्रिवेणी गाउँपालिकाको जिपले बुधबार घोराहीमा ठक्कर दिँदा त्रिवेणी-५ का दुई जना युवकको मृत्यु भएको थियो। २४ वर्षीय नेत्र भण्डारी र सोही ठाउँका २१ वर्षीय विजय पुनको मृत्यु भएको थियो। उनीहरू दाजु भाइ हुन्।

उक्त घटनापछि आक्रोशित पीडित पक्षले शव उठाउन मानेका छैनन्। जसपछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको हो।

प्रशासनमा पीडित पक्ष, गाउँपालिका पदाधिकारी र प्रहरी प्रशासनबीच छलफल भएको भएपनि सहमति हुन सकेको छैन।

दुर्घटनापछि जिप भागेपछि पीडित पक्षले नियोजित भन्दै शव बुझ्न मानेका छैनन्। गाउँपालिकाले मृतकका आफन्तलाई जनही १५ लाख दिने सहमति जनाएका छन्। यद्यपि पीडितले स्वीकारेका छैनन्।

मृतकका आफन्तले दुई मृतकका परिवारलाई जनही २५ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने अडान लिँदै आएका छन्।

वार्तामा सहभागी मृतक नेत्र भण्डारीका दाजु भैरहवामा कार्यरत प्रहरी जवानसमेत रहेका भुपाल भण्डारीले घटना नियतवश घटाइएको दाबी गर्दै क्षतिपूर्ति बापत जनही २५ लाख क्षतिपूर्ति नदिँदा सम्म शव नबुझ्ने बताए।
हाल शव घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ।

बुधबार बिहान ६ बजेतिर विजयले चलाएको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल सर्रा चोक नजिकै सडकमा पल्टिएको थियो। त्यतिखेरै घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको त्रिवेणी गाउँपालिकाको बा २ झ ३६५२ नम्बरको बोलेरो जिपले सडकमा लडेका नेत्र र विजयलाई किचेर भागेको थियो।

गाउँपालिकाको गाडी त्रिवेणी –२ का २९ वर्षीय निर्मल बुढाले हाँकेका थिए। हाल उनी प्रहरी नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply