आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाले नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य

११ फागुन धनगढी
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाले नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा २०३ रनमा अलआउट भयो।‍

मैदान गिलो भएका कारण ४५ ओभरमा झारिएको खेलमा नामिबियाका लागि जान निकोलले रनआउट हुनुअघि ४९ रन जोडे। यस्तै मालन क्रुगरले ३९ रन र जान फ्राइलिंकले ३४ रनको योगदान गरे।

बलिङमा नेदरल्यान्ड्सका भिभियन किंग्माले ३ विकेट लिए भने आर्यन दत्त र भान मार्वीले २-२ विकेट लिन सफल भए।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको यो सिरिजमा नेदरल्यान्ड्सले अघिल्लो खेलमा नामिबियालाई हराएको थियो। नेपालले नेदरल्यान्ड्सलाई पहिलो खेलमा हराउँदा नामिबियासँगको दुवै खेल हारेको थियो।
सिरिजमा आइतबार नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply