टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित

१७ फागुन धनगढी
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले ७ विकेटको क्षतिमा १८८ रन जोड्यो।

नामिबियाका लागि जान फ्राइलिंकले २७ बलमा ४२ रन र जान ग्रिनले २० बलमा नटआउट ४२ रन बनाए। यद्यपी लगतार विकेट जाँदा नामिबिया जित नजिक भने पुग्न सकेन।

दुवै इनिङ्ग्समा गरी कुल ४३५ रन बनेको खेलमा कुल ३० छक्का प्रहार भएका थिए। जसमा नेदरल्यान्ड्सले १८ छक्का हिर्काएको थियो। यस्तै खेलमा ३३ चौका समेत प्रहार भयो। जसमा नेदरल्यान्ड्सले मात्र २० चौका प्रहार गरेको थियो। खेलमा चौका र छक्काबाट मात्र कुल ३१२ रन बन्यो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ५ विकेटको क्षतिमा २४७ रन जोड्यो।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले शतक प्रहार गरे। उनले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतमा १३५ रन जोडे। उनले दोस्रो विकेटका लागि साइब्रान्डसँग १९३ रनको साझेदारी गरे।

साइब्रान्डले अन्तिम चार बल बाँकी छदा आउट हुनुअघि ४० बलमा ७५ रन जोड्ने क्रममा ७ चौका र ५ छक्का प्रहार गरे। तीन बल खेलेपछि रनआउट हुन पुगेका तेजा निडामनुरुले तीनै बलमा छक्का प्रहार गर्दै १८ रन बनाए।

त्यसअघि म्याक्स ओ’डाउड ५ रनमा आउट भए भने कप्तान स्कट इडवार्डले ४ रन मात्र जोड्न सके।

सिरिजमा नेदरल्यान्डले लगातार दुई खेलमा जित निकालेको छ। नामिबियलाे भने एक खेल हार्दा एक खेलमा जित हात पारेको छ। दुवैले घरेलु टिम नेपाललाई पराजित गरेका थिए। सिरिजमा नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply