नेदरल्याण्ड्सविरूद्ध जितका लागि नेपालले १२१ रनको लक्ष्य

१९ फागुन
नेदरल्याण्ड्सविरूद्ध जितका लागि नेपालले १२१ रनको लक्ष्य पाएको छ।

टी-२० आइ सिरिज अन्तर्गत त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सलाई नेपालले १२० रनमा अल आउट गरेको हो।

अन्तिम ओभरको तेस्रो बलमा आशिफ शेखले भान देर मेर्वीलाई रन आउट गरेपछि नेदरल्याण्ड्स १२० रनमा समेटिएको हो।

आजको खेलमा डच ब्याटरविरूद्ध नेपाली बलर हाबी भएको थियो। नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्सका अधिकांश ब्याटर निरीह साबित भए।

नेदरल्याण्ड्सका लागि टिम भान गुग्टनेले २४ र रोइलफ भान देर मेर्वीले नट आउट २३ रन जोडेका थिए। म्याक्स ओ’डडले ३१ र कप्तान स्कट एडवार्डले १८ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालले सुरूको ओभरमै विकेट लिएर नेदरल्याण्डमाथि दबाब सिर्जना गरेको थियो।

पहिलो ओभर लिएर आएका करण केसीले चौथो र अन्तिम बलमा नेदरल्याण्ड्सका ओपनरद्वय माइकल लिभिट र सिब्रान्ड एंगलब्रेक्टलाई आउट गरे।

त्यसपछि नवौं ओभरमा प्रतिश जिसीले कप्तान स्कट एडवार्ड र म्याक्स ओ’डडलाई बोल्ड गरेका थिए। स्कटले १८ रन र म्याक्स ओ’डडले ३१ रन जोडेका थिए।

लगत्तै दसौं ओभरको अन्तिम दुई बलमा कुशल मल्लले नोओ क्रोएस र आर्यन दत्तलाई बोल्ड गरे। क्रोयशले ३ रन जोड्दा आर्यन शून्य रनमै आउट भएका थिए।

खेलको १५ औं ओभरको तेस्रो बलमा पुनः प्रतिशले विकेट लिए। उनले नेदरल्याण्ड्सका तेजा निदामनुरूलाई बोल्ड गरे। १४ बल खेलका निदामनुरू ५ रन बनाएर आउट भएका थिए।

त्यसपछि १८ औं ओभरको चौथोबलमा दिपेन्द्रसिंह ऐरीले विकेट लिए। उनले ओभरको चौथो बलमा टिम भान देर गुग्टेनलाई सोमपाल कामीबाट क्याच आउट गराएका थिए भने पाचौं बलमा काइल क्लेनलालाई गुल्सन झाले रन आउट गरे।

अन्तिम ओभरको तेस्रो बलमा भिभियन किंग्मालाई कुशल भूर्तेल र आशिफ शेखले रन आउट गरेपछि नेदरल्याण्ड्स १२० रनमा अल आउट भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply