१४ वर्षीय छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान

१९ फागुन धनगढी
चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग पार्टीले जोडदार माग गरेको हो ।

केहि दिनअघि सोही स्कुलको होस्टेलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणहरूप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैँमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यस पछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति अत्यन्तै गम्भीर छ ।’

यो दुःखद क्षणमा बालिका पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्तसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply