जुम्लामा हिउँमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ

फागुन २३ धनगढी
जुम्ला तातोपानी गाउँपालिका—४, को बजेडी पाटनको हिउँमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रदेश सरकारका प्रवक्ता एवम् कानुन मन्त्री कृष्णबहादुर जिसीले हिउँमा फसेका ८ जनाकै सकुशल उद्धार गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार तातोपानी गाउँपालिका–७, का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत सहित ८ जना रहेका छन् । जडीबुटी सङ्कलनका लागि पाटन गएका उनीहरू बाक्लो हिउँ जमेपछि पाटनमै फसेका थिए । दुई दिन अघि सम्पर्कमा आएर एउटा ओडारमा बसेको जानकारी गराएका थिए ।

खाद्यान्न सकिएको र ८ फिट हिउँ जमेकोले आउने स्थिति नभएको र स्वास्थ्यमा समस्या आएको भन्दै उनीहरूले उद्धारको माग गरेका थिए । सोही अनुसार प्रदेश सरकारले उनीहरूको उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply