बाबुरामले गोरखा २ नछाड्ने, ०८४ को चुनावमा उठ्ने

फागुन २७ धनगढी
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अब हुने आम चुनावमा गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने भएका छन्।

०७९ मंसिरमा भएको चुनावमा भट्टराई गोरखा २ मा उम्मेदवार भएका थिएनन्।

तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ मा साझा उम्मेदवार बनेर विजयी भएका थिए।

दाहाललाई जिताउन भट्टराई पनि सक्रिय भएर गोरखाका गाउँ-गाउँ पुगेर मतदाता भेटेका थिए। ०७९ को चुनावमा नेसपाले माओवादीको चुनाव चिन्हबाट निर्वाचन लडेको थियो।

भट्टराई महिनामा कम्तीमा एक पटक आफ्नो निर्वाचन क्ष‍ेत्र गोरखा २ गइरहेका छन्। २०६४ सालको संविधान सभा निर्वाचनपछि भट्टराई महिनामा कम्तीमा पनि एक पटक गोरखा पुगेर जनतासँग भेटघाट गर्छन्।

उनले हालै गोरखाका गाउँहरू पुगेर जनतासँग भेटेका थिए। त्यस क्रममा भट्टराईलाई गोरखा २ अरूलाई नछाड्न र अबको चुनावमा उम्मेदवारी दिन सुझाव आएको थियो।

जनताका सुझावका आधारमा भट्टराईले २०८४ को चुनावमा गोरखा २ बाट उम्मेदवार हुने निष्कर्ष निकालेको नेसपा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले सेतोपाटीलाई बताए।

‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो। त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग बृहत छलफल भएको थियो,’ उनले भने, ‘सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ।अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ।’

साथै भट्टराईले पुराना शक्तिहरूसँग भन्दा पनि नयाँ शक्ति तथा अभियानसँग सहकार्य गर्ने तयारी गरिरहेका छन्। मुलुकमा राजनीतिक स्थिरतासहित सुशासन, दीगो विकास र समृद्धिको आवश्यकता रहेको भन्दै भट्टराई नयाँ सहकार्यको तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply