स्वस्थ जीवन बाच्न पाउँने अधिकार रक्षाको लागि एक जना स्थानिय आमरण अनसशन

चैत ०४ धनगढी
स्वस्थ जीवन बाच्न पाउँने अधिकार रक्षाको लागि एक जना स्थानिय आमरण अनसशन बसेका छन ।

शुक्रबार विहान देखि भीमदत्त नगरपालिका–५ बनगाउँ बस्ने राजु सिंह खड्काले भेटघाट चौतारोमा ५ दिन सम्म स्वस्थ जिवन जिउन पाउनु पर्ने अधिकार सुनिश्चितताको प्रत्याभुति दिलाउन सम्बन्धित निकाय संग माग राख्दै आमरण अनशन शुरु गरेको हो ।

बिषादीयुक्त खाद्य पदार्थको सेवनका कारण बालबालिकाहरु कमजोर कुपोषण तथा गम्भीर रोगका सिकार बनिरहेको र अर्कोतिर पर्यावरण माटोको उर्वरता अनाजको पोषकतत्व समाप्तभई बालबालिकाहरुको अकालमै ज्यान गईरहकाले यिनीहरुको जीवन रक्षाका लागि ५ दिन सम्म धर्ना बसेर सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन दबाब दिने खड्काले बताएका छन ।

बिषादी नियन्त्रण गर्न बनेका कानून र बालहक कार्यान्वयनमा ल्याई शान्ति सुशासन कायम गर्नु पर्ने जुन स्थानिय राजपत्र भीमदत्त नगरपालिकाद्धारा ब्यवस्था लागु गर्नु पर्ने थियो त्यो नियम लागु नभएको र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको खड्काले बताउनु भयो ।

छाडा चौपाया ब्यवस्थापनमा बजेट छुट्याएर बजेटको गलत दुरुपयोग हुने र यसलाई सहि कार्यन्वयनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अनशन बस्न बाध्य रहेकोे उहाँले जनाएका छन ।

नेपालको अधिकांश भु–भाग बनजंगलले ओगटेको र हाम्रो बनजंगलमा पाईने गरेको र बिदेशी औषधि भन्दा यहि उत्पन्न औषधियुक्त गुण भएका जडिबुटिहरुको पहिचान गरी सम्बन्धित निकायलाई व्यवस्थापन,सब्रद्र्धन, सुसुचित गराई यसको सदुपयोगमा ल्याउनु पर्ने सम्बन्धित निकायको दायित्वलाई घचघच्याउने उद्देश्यले सम्पूर्ण जनमानसको माग भएकोले आफु आमरण अनसन बसेको जनाए ।

आमरण अनसरमा बसेका खड्काले आफ्नो एकल स्वार्थ पूर्ण माग नभएकोले सम्पूर्ण बुद्धिजिवीहरुलाई यस साझाँ जायज मागहरु सम्बन्धित निकायबाट कार्यान्वयन गराउन सहयोग गरिदिन अनुरोध समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply