साथीको हत्या गरी भागेका आरोपीलाई प्रहरीले २१ वर्षपछि पक्राउ

चैत ६ धनगढी
साथीको हत्या गरी भागेका आरोपीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-११ मरूढोका इनाटोल बस्ने २६ वर्षीय सञ्जय शाहीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीसहितको टोलीले अनुसन्धान गरी २१ वर्षपछि आरोपीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोलुखुम्बु नेचा सल्यान वडा-४ का ४१ वर्षीय तिखे भन्ने तेजबहादुर राई छन्। डिएसपी केसीका अनुसार घटना २०५९ असोज १४ गते इनाटोलस्थित बधशालामा भएको थियो। त्यसदिन उनीहरू दुबै जनाले त्यहाँ मापसे गरेका थिए। उनीहरू साथी थिए।

तर त्यही क्रममा उनीहरूको विवाद भएको थियो। त्यसपछि तेजबहादुरले रडले टाउकोसहित शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरेको डिएसपी केसीले जानकारी दिइन्। हत्यापछि तेजबहादुरले सञ्जयको शव विष्णुमति खोला किनारमा फालेर भागेका थिए।

लामो समय फरार रहँदै आएका तेजबहादुरलाई प्रहरीले सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ गरी उनलाई जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply