धनुषामा बियर खाएर साथीहरूबीच समान्य विवादकै क्रममा एक युवकको हत्या

८ चैत धनगढी
धनुषामा बियर खाएर साथीहरूबीच समान्य विवादकै क्रममा एक युवकको हत्या भएको छ।

जनकनन्दनी गाउँपालिका-२ स्थित भारतीय सीमा भन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जनाएको छ।

बिहीबार राति साथीले उनको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन अवाले जानकारी दिए। सोही ठाउँमा बस्ने मृतकका दुई साथीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ छन्।

‘रोजा सकेर तीनै जना बियर खान गएछन्। फर्किने बेला त्यो पैसा तिर्ने विषयमा भनाभन भयो। मोबाइलमा भिडियो हेर्ने विषयमा पनि विवाद भयो अनि एउटाले चक्कु निकालेर घाँटीमा प्रहार गरे,´ डिएसपी अवाले भने।

गम्भीर घाइते भएका कैफलाई परिवारले उपचारका लागि भारतको जयनगर पुर्याएको थियो।

उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या आरोपी दुबै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply