एकीकृत समाजवादीले वैशाख १५ मा हुने उपनिर्वाचनबारे सोमबारसम्ममा उम्मेदवार उठाउने नउठाउने निर्णय लिने

११ चैत धनगढी
नेकपा (एकीकृत समाजवादी) ले वैशाख १५ मा हुने उपनिर्वाचनबारे सोमबारसम्ममा उम्मेदवार उठाउने नउठाउने निर्णय लिने भएको छ । आइतबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘उम्मेदवारीको तयारी हुँदैछ । एकपटक सत्ता गठबन्धनसँग छलफल गरेर अन्तिम निर्णय गर्छौ’, खतिवडाले भने, ‘विभिन्न कोणबाट सूचना सङ्कलन गर्दै छौ र वस्तुनिष्ठ समीक्षापछि निर्णयमा पुग्छौ ।’

नेकपा एमालेले उपनिर्वाचनमा उम्मेदवार तय गरिसकेको छ । माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार उठाउने नउठाउने भन्ने निर्णय गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply