पोखरामा यसरी मनाइयो होली

१२ चैत धनगढी
सेतो कपडामा सजिएका युवाहरू आइतबार दिनभर रङहरूले रंगिएका छन‍्।

नेपाली होस् कि विदेशी, चिनजानका होस् कि नहोस्, एकले अर्कालाई रङ लगाइदिए। रङहरूको पर्व होली रंङ उडाउँदै युवाहरू संगीतमा झुमे।

पोखराको सडकमा होस् कि, फेवाताल किनारमा, रेष्टुरेण्टमा पनि सांगीतिक कार्यक्रम भइरहेका छन्।

होलीको अवसरमा विभिन्न समूहले सांगीतिक कार्यक्रम आयोजना गरे।

सांगीतिक कलाकार संघ नेपालले लेकसाइडको क्याम्पिङ चउरमा सांगीतिक कार्यक्रम आयोजना गरेका थिए। लेकसाइडकै बाराहीघाटको चउरमा प्रचार नेपाल र स्पेक्स फोर्टिनले अर्को सांगीतिक कार्यक्रम आयोजना गरेका थिए। नि:शुल्क प्रवेश दिइएका यी दुबै कार्यक्रममा युवा पुस्ता होलीका रङ उडाउँदै नाचगान गरे।

सांगीतिक कलाकार संघले आयोजना गरेको कार्यक्रमबाट संकलित रकम कलाकारका लागि अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको गायक विनोद बानियाले बताए।

‘कलाकारलाई दु:ख सुखमा साथ दिन अक्षय कोष बनाउँदैछौं, त्यसैका लागि हामीले होलीमा सांगीतिक कार्यक्रम राखेका हौं,’ उनले भने।

प्रचार नेपालले यसअघि पनि पोखरामा विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको छ। यसपालि दर्शकलाई नि:शुल्क प्रवेश दिने गरी भब्य कार्यक्रम आयोजना गरेको प्रचार नेपालका संचालक आशिष पुरीले बताए।

उक्त सांगीतिक कार्यक्रममा नेपाल र भारतका गरी ७ जना डिजे र र्‍यापरले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

सांगीतिक कलाकार संघले आयोजना गरेको कार्यक्रममा भने झण्डै एक दर्जन कलाकारले गीत प्रस्तुत गरे।

यसका अलवा पोखरामा रहेका रेष्टुरेण्टहरूले पनि होलीका अवसरमा विभिन्न कलाकार बोलाएर सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन्। युवाहरूको समूह आफैं पनि समूह समूहमा बाँडिएर होली मनाएका छन्।

फागु पूर्णिमाका दिन फागु पर्व अर्थात होली मनाउने प्रचलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply