यस वर्षको माध्यमिक शिक्षा परीक्षा शान्त वातावरणमा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाए

१५ चैत धनगढी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा शान्त वातावरणमा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाए यस वर्षको माध्यमिक शिक्षा परीक्षा शान्त वातावरणमा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका कक्षा १० परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा शान्तिपूर्ण वातावरणमा भइरहेको बताए ।

अहिलेसम्म देशभर नै निकै सहज, शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भइरहेको उनको भनाइ छ । कति विद्यार्थी एसईईमा सहभागी भए भन्ने तथ्याङ्क तत्कालै नआउने उनले बताए ।

‘कति विद्यार्थीले परीक्षा दिइरहेका छन् भन्ने ठ्याक्कै अहिले नै भन्न सकिने अवस्था छैन । ७७ वटै जिल्लाबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । केही समय लाग्छ होला,’ पौडेलले भने ।

यो वर्षको एसईईका लागि पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका थिए । अहिलेसम्म कुनै पनि ठाउँबाट अमर्यादित घटनाबारे जानकारी नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply