ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या घटनामा फरार रहेका व्यक्तिले गरे आत्मसमर्पण

२० चैत धनगढी
ललितपुरको ढोलाहिटीस्थित रेष्टुरेन्टमा दुई जनाको हत्या भएको प्रकरणमा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीस्थित डी.पोपिना रेष्टुरेन्टमा चैत ११ गते होलीको दिन दुई जनाको हत्या भएको थियो।

हत्यामा संलग्न भई फरार रहेका तेह्रथुम घर भई ढोलाहिटी बस्ने राजु गुरूङले मंगलबार जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेर आत्मसमर्पण गरेका हुन्।

‘हामीले उहाँलाई खोजिरहेका थियौं। आज उहाँ आफैं परिसरमा आएर आत्मसमर्पण गर्नुभएको हो,’ परिसर प्रवक्ता एसपी नरेशराज सुवेदीले भने।

उनीमाथि थप अनुसन्धानका लागि परिसरले प्रहरी वृत्त चापागाउँमा बुझाएको छ।

चैत ११ गते राति डी. पोपिना रेष्टुरेन्टमा दुई पक्षबीच झडप भएको थियो। जसक्रममा रेष्टुरेन्टका सञ्चभालक विजय राईले किचेनबाट चक्कु निकालेर दुई जनामाथि प्रहार गरेका थिए।

चक्कु प्रहारबाट पुजन राई र रेवश राईको मृत्यु भएको थियो। त्यसरी घटना भएपछि गुरूङले विजय राईलाई आफ्नो स्कुटरमा राखेर भगाएका थिए।

त्यसरी भगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस घटनामा प्रहरीले पाँच जनाविरूद्ध मुद्दा चलाउने गरी पक्राउ गरेको छ। त्यसबाहेक आठ जनालाई पनि प्रहरीले नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेको छ।

यो पनि: ढोलाहिटीमा दुई युवकको हत्या प्रकरण: तिहारमा भएको थियो विवादको सुरूआत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply