नेपाली क्रिकेट टिमलाई भारतको रणजी टिम बरोडाले १५७ रनको लक्ष्य दिए

२३ चैत धनगढी
आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमलाई भारतको रणजी टिम बरोडाले १५७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन जोडेको हो।

उसका लागि शास्वत रावतले ३१ रन, ध्रुव पटेलले २९ रन, अमित पासीले २६ रन जोडे।

बलिङमा नेपालका करण केसी र गुल्सन झाले २-२ विकेट लिए। आकास चन्द, ललित राजवंशी र प्रतिश जिसीले १-१ विकेट लिए।

खेलका लागि नेपाली टिममा चार परिवर्तन गरिएको छ। दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ। अघिल्लो खेलमा उनी टिममा थिएनन्।

खेलमा रोहित पौडेल, सोमपाल कामी, अभिनास बोहरा र आसिफ शेखलाई आराम दिइएको छ। करण केसी टिममा फर्किदा आकास चन्द र ललित राजवंशीलाई पहिलो पटक खेलाइएको छ।

नेपाली टिम : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह (विकेटकिपर), करण केसी, गुल्सन झा, प्रतिश जिसी,आकास चन्द, ललित राजवंशी।

यसअघि नेपाली टिमले लगातार तीन खेल जितेर फाइनलमा स्थान बनाइसकेको छ। नेपालले गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो।

नेपालले फाइनलमा आइतबार गुजरातसँग खेल्दैछ।

नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply