बझाङमा एसईई दिइरहेका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार

२४ चैत धनगढी
बझाङमा एसईई परीक्षा दिइरहेका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ भने तीन जनालाई कुटपीट गरिएको छ।

खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिइरहेका पाटादेवलका १७ वर्षीय खप्पिस थापामाथि धारिलो हतियारले प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले बताए। आक्रमण गर्ने एक जना पक्राउ परेका छन् भने अन्यको खोजी कार्य भइरहेको छ।

यस्तै दुर्गाथली गाउँपालिका–१ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबीच झडप भएको छ। कुटपिटमा परी छविसपाथिभेरा गाउँपालिका– १ का १८ वर्षीय अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका–२ का १८ वर्षीय विमल बोगटी घाइते भएका छन्। भण्डारी र बोगटीलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।

मष्टा गाउँपालिका–६ भातेखोलास्थीत कुलमष्टजन माविको परीक्षा केन्द्रमा पनि एक परीक्षार्थी कुटिएका छन। परीक्षा दिएर बाहिर निस्किने क्रममा १७ वर्षीय मुन्न बोहरामाथि कुटपिट भएको प्रहरीले जनाएको छ। कुटपिटको कारण नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply