ललितपुरमा लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

२७ चैत धनगढी
ललितपुरमा लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्।

ओखलढुंगा घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३५ वर्षीय मनोज राई र काभ्रे घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने ३० वर्षीय रविन्द्र श्रेष्ठ पक्राउ परेका हुन्।

लागूऔषध खैरो हेरोइनको कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई इमाडोलबाट सोमबार साँझ पक्राउ गरेको हो।

उनीहरूको साथबाट ४१ ग्राम खैरो हिरोइन जस्तो देखिने वस्तु, १ थान डिजिटल तराजु, नेपाली नगद ४३ हजार रूपैयाँ बरामद गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूलाई लागूऔषध मुद्दामा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रवक्ता रेग्मीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply