२९ चैत धनगढी
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)कञ्चनपुरको प्रिन्सिपल भेला सम्पन्न भएको छ । बुधबार राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)कञ्चनपुरको प्रिन्सिपल भेला सम्पन्न भएको हो । (एन–प्याब्सन)कञ्चनपुरक बरिष्ठ उपाध्यक्ष बलदेव भट्टले नयाँ शैक्षिक सत्र ०८१का लागि विवित विषयमा समिक्षा सहित छलफल गरिएको बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि कृष्णपुरका नगर प्रमुख हेमराज ओझाले देशको शिक्षा प्रणालीमा निजी विद्यालयहरुको योगदान रहेको बताए । उनले कृष्णपुर नगरपालिकामा शिक्षा नीति निर्माण भएको समेत उनले बताए ।
हरेक गतिविधिहरुमा निजी विद्यालयहरुको सहभागिता रहँदै आएको उनले बताए । सामुदायिकसंगै निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समेत सेनेटरी प्याड वितरण गरेको उनको भनाई छ । शिक्षालाई गुणस्तरीयका साथै सर्वसुलभ बनाइनुपर्नेमा उनले जोड दिए । उनले निजी विद्यालयहरुमा अस्वस्थ प्रतिस्पर्धा हुनु राम्रो नभएको बताउँदै उनले भने, ‘केही निजी विद्यालय बाध्यात्मक परिस्थितले सञ्चालनमा छन् । निजी विद्यालयका संगठनहरुले समायोजन९मर्ज०को नीति अवलम्बन गर्न आवश्यक छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले सरकारले नै निजी विद्यालयहरुलाई बन्द गर्ने प्रयास गरिरहेको बताए ।
‘सरकारले निजी विद्यालयहरुलाई बारम्बार बन्द गर्ने प्रयास गरिरहेको छ । निजी विद्यालय बन्द गर्ने सरकारको मनशाय रहेको छ,’ उनले भने।
उनले निजी विद्यालयलाई समेटेर आफुहरुले शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेको उनको भनाई थियो । उनले निजी विद्यालयहरुले आफ्नो संगठन बलियो बनाउनुपर्ने समेत बताए । संगठन बलियो भए विद्यालयमा सुधार आउने उनले बताए । नगरपालिका निजी विद्यालयसंग सहकार्य गर्दै अघि बढ्न प्रतिवद्ध रहेको नगर प्रमुख लिम्बुले बताए ।
एन–प्याब्सनका केन्द्रिय उपाध्यक्ष श्याम सिंह मौनीले स्थानीय तहहरुले सामुदायिक विद्यालय सरह निजी विद्यालयलाई व्यवहार गर्नुपर्नेमा जोड दिए । एनप्याब्सन कञ्चनपुरका संस्थापक अध्यक्ष प्रकाश पाण्डेयले जोश,जाँगरका साथ निजी विद्यालयहरुले विद्यार्थीलाई गुणस्तरी शिक्षा प्रदान गर्नुपर्ने बताए । एन–प्याब्सन जिल्ला कार्यसमितिले प्रिन्सिपल भेला कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै कृष्णपुर र दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख द्धय ओझा र लिम्बुलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो । एन–प्याब्सन जिल्ला उपाध्यक्ष नरेन्द्र महताले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव कुवेर खड्काले गरेका थिए । एन–प्याब्सन जिल्ला अध्यक्ष सत्येशबहादुर चन्दको अध्यक्षतामा शुक्लाफाँटा नगरपालिका–१० स्थित शुक्लाफाँटा उद्योग वाणिज्य संघको हलमा बुधवार भएको कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटाका नगर प्रमुख रण बहादुर महरा रहेका थिए ।
प्रिन्सिपल भेलामा बोल्दै प्रमुख अतिथि महराले निजी विद्यालयहरुले शिक्षामा सबैको पहुँच बढाउन सहयोग गरेको बताए। ‘सबैको पहुँचमा शिक्षा पुगाउनुमा नीजि विद्यालयहरुको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘निजी विद्यालयहरुले समाजका लागि अझ प्रभावकारी ढङ्गले कदम चाल्न जरुरी छ ।’
सामुदायिक तथा निजी विद्यालयहरुलाई साथमा लिएर नगरभित्र शैक्षिक गतिविधि सञ्चालन भइरहेको उनको भनाई थियो । उनले निजी विद्यालयहरु बाट सामुदायिक विद्यालयहरुले सिक्नुपर्ने बताए ।
कार्यक्रममा पूर्व केन्द्रिय सचिव प्रजापति नेगी, एनप्याब्सन सुदुुरपश्चिम प्रदेश सचिव बीर बहादुर चन्द, एनप्याब्सनका पदाधिकारी, एनप्याब्सनमा आवद्ध जिल्लाभरीका निजी विद्यालयका प्रिन्सिपल लगायतको उपस्थिती रहेको थियो ।