आठ रन बनाउँदै आउट भए आसिफ शेख

७ वैशाख धनगढी
ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको हो ।

विकेटकिपर ब्याट्सम्यान असिफ शेख ११ बलमा एक छक्काको मद्दतले आठ रन बनाउँदै आउट भए । उनलाई यूएईका बलर ओमिद सफिक रहमानले एलबीडब्लूको धरापमा पारेका हुन् । ३.३ ओभरमा उनी आउट हुँदा नेपालले केवल ११ रन बनाएको छ ।

यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply