अपरेसनका क्रममा प्रहरीले हराए पेस्तोल

११ वैशाख धनगढी
बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ।

सोमबार राति अपरेसनमा क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेकको पेस्तोल हराएको हो।

लागुऔषध अपरेसनमा पुज्य बिसीसहितको टोली खटिएको थियो। सोही समयमा पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

‘रातिको ड्युटीमा जाँदा कतै मिसिङ भएको हो। झगडा तथा अन्य कुनै कारणले हराएको होइन,’ उनले भने, ‘उक्त पेस्तोलमा एउटा म्यागेजिन थियो।’

प्रहरीले अहिले उक्त पेस्तोल खोजिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply