दार्चुलामा एक युवकले आफ्नै साथीको गर्धनमा हँसिया प्रहार

वैशाख १४ धनगढी
दार्चुलामा एक युवकले आफ्नै साथीको गर्धनमा हँसिया प्रहार गरेका छन्।

जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङका २३ वर्षीय सन्दीप भण्डारीमाथि महाकाली नगरपालिका–४ का २० वर्षीय विजय निरौलाले हँसिया प्रहार गरेका हुन्।

बिहिवार राति ९ बजेको समयमा खलंगास्थितको प्रेमसिंह शालिक नजिक एक आपसमा विवाद हुँदा निरौलाले भण्डारीको गर्धनमा हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

हँसिया प्रहारबाट भण्डारीको गर्धनमा चोट लागेको छ। घटनापछि निरौला फरार भएका थिए। तर शुक्रवार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए। घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि सिटिस्क्यान गर्न भारत पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply