बझाङमा मतदान सुरू

वैशाख १५ धनगढी
बझाङमा मतदान सुरू भएको छ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का सम्पूर्ण मतदानस्थल र केन्द्रहरूमा शनिबार बिहान ७ बजेदेखि मतदान सुरू भएको हो।

यहाँ ६१ हजार ७४८ मतदाता छन्।

त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन रिक्त रहेको स्थानमा पदपूर्तिका लागि मतदान भइरहेको हो।

यहाँ विभिन्न दलका ११ जना उम्मेदवार छन्।

यहाँ एमालेबाट दमन बहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन्।

यहाँ ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ।

मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply