इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसे

वैशाख १५ धनगढी
इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । कूल मतदाता १ लाख १५ हजार ८८९ रहेकोमा ६९ हजार २८७ मतदाताले मतदान गरेका हुन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् ।

इलाम २ मा साना ठूला दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी लक्ष्मी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply