बझाङमा ४९ प्रतिशत मत खस्याे, आइतबारदेखि मतगणना

वैशाख १५ धनगढी
बझाङमा प्रदेशसभा (१) मा भएको उपनिर्वाचनमा आधाभन्दा कम मतदाता सहभागी भएका छन्।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार शनिबार सम्पन्न मतदानमा ४९.१२ प्रतिशत अर्थात ३० हजार ३ सय २८ जनाले मतदान गरेका हुन्।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदानका ९४ वटा मतदान केन्द्रमा ६१ हजार सात सय ४८ मतदाता थिए। जसमध्ये आधा भन्दा कमले मात्र मतदान गरे। गत २०७९ मंसिर ४ गतेको निर्वाचन भन्दा यो संख्या ३.८६ प्रतिशत कम हो।

केही मतदाता यार्चागुम्बा टिप्न हिमालतर्फ गएका र केही राजगारीका लागि भारत पसेकाले कम मतदान भएको अनुमान गरिएको छ। मतदान सम्पन्न भए लगत्तै सडकको पहुँच भएका क्षेत्रका मतपेटिका सदरमुकाम ल्याउन सुरु गरिएको छ।

सडक संजालसँग नजोडिएका साइपाल गाउँ पालिकाको ३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकाेप्टरबाट आइतबार बिहान १० बजेसम्म सदरमुकाम ल्याइने बझाङका डिएसपी भरत शाहले बताए।

मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्बदलीय बैठक बसेर मतगणनाको प्रक्रिया अघि बढ्ने मुख्य निर्वाचन अधिकृतको कार्लायालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply