ललितपुरको आनन्द वनमा लागेको डढेलो निभाउन गएका एक जनाको मृत्यु

वैशाख १८ धनगढी
ललितपुरको आनन्द वनमा लागेको डढेलो निभाउन गएका एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालले बताए।

‘उहाँलाई स्थानीय स्वास्थचौकीमा उपचार गरी थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो। उपचारको क्रममा मृत्यु भएको हो,’ उनले भने।

वनमा लागेको डढेलो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालसम्म आउन सक्ने भएपछि निभाउन जाँदा दुई जना घाइते भएका थिए।

अर्का घाइतेको पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए।

आनन्दवनमा सोमबार रातीदेखि डढेलो लागेको थियो।

डढेलो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालसम्म आउन सक्ने भएकोले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply