टी-२० विश्वकप २०२४ : नेपालको समूहमा रहेको दक्षिण अफ्रिकाको टोली घोषणा

वैशाख १८ धनगढी
वेस्ट इन्डिज र अमेरिकामा जुन १ देखि हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२४ का लागि दक्षिण अफ्रिकाले १५ सदस्यीय टोली घोषणा गरेको छ।

एडिन मर्क्रमले पहिलो पटक आइसिसी प्रतियोगितामा दक्षिण अफ्रिकाको कप्तानी गर्नेछन्।

एनरिच नोर्किया र क्विन्टन डी कक दक्षिण अफ्रिकाको केन्द्रीय अनुबन्ध सूचीबाट बाहिरिए पनि टिममा छन्।

दक्षिण अफ्रिका समूह ‘डी’ मा छ। समूहमा नेपाल पनि रहेको छ। यो समूहमा दक्षिण अफ्रिका र नेपालसहित बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन्।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेल जुन ३ मा श्रीलंकासँग खेल्नेछ। नेपाल र दक्षिण अफ्रिकाबीचको खेल जुन १४ मा सेन्ट भिसेन्टमा हुनेछ।

दक्षिण अफ्रिकाको टोली: एडिन मर्क्रम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेनरिक्स, मार्को जान्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्किया, कागिसो रबाडा, रायन रिकेल्टन, तब्राज शाम्सी र ट्रिस्टन स्टब्स।

टाभलिङ रिजर्भ: नान्द्रे बर्गर र लुंगी एनगिडी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply