कपिलवस्तुमा श्रीमान-श्रीमती मृत फेला

१९ वैशाख धनगढी
कपिलवस्तुमा श्रीमान-श्रीमती मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोलका ६० वर्षीय टेकलाल भुसाल र उनकी ५५ वर्षकी श्रीमती जुठी भुसाल बुधबार बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीका अनुसार बुधबार बिहान अबेरसम्म भुसाल दम्पतीले घरको ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली गएर हेर्दा श्रीमान-श्रीमती दुवै मृत फेला परेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक ओलीले टेकलाल झुण्डिएको अवस्थामा फेला परेको र श्रीमती जुठी शरीरमा चोट लागेको अवस्थामा मृत भेटिएको बताए।

‘छोराहरू घरमा नभएको र श्रीमानश्रीमती मात्रै घरमा बस्ने गरेका रहेछन्, बुधबार मृत फेला परेपछि शवलाई पोष्टमर्टमका लागि जिल्ला अस्पताल तौलिहवामा पठाएर थप अनुसन्धानको काम सुरू गरेका छौं,’ प्रहरी नायब उपरीक्षक ओलीले भने।

घटनाको प्रकृति हेर्दा श्रीमान-श्रीमतीबीच झैझगडा भएर श्रीमतीको हत्या गरी श्रीमानले पनि आफैं आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता थाहा हुने ओलीले बताए।

‘अहिले घटनास्थल र शवको मुचुल्का उठाएर पोष्टमर्टमको लागि अस्पताल पठाएका छौं, अनुसन्धान भर्खर सुरू गरिएकोले यसैगरी घटना भयो भन्न सक्ने अवस्था छैन, अनुसन्धानपछि मात्रै भन्न सकिएला,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply