परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी समकक्षीबीच भेटवार्ता

२३ वैशाख धनगढी
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानकी परराष्ट्र मन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ।

आइतबार दिउँसो परराष्ट्र मन्त्री श्रेष्ठ र जापानकी परराष्ट्र मन्त्री योकोबीच सिंहदरबारमा भेटवार्ता भएको हो।

परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डल र जापानका विदेशमन्त्री योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो।

परराष्ट्र मन्त्री योको आइतबार बिहान नेपाल भ्रमणमा आएकी थिइन्। उनी आइतबार नै स्वदेश फर्कने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply