बाँकेको कोहलपुरमा लागुऔषध कारोबारीलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा

२७ वैशाख धनगढी
बाँकेको कोहलपुरमा लागुऔषध कारोबारीलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान करिब साढे १० बजेतिर कोहलपुर पिपराहवामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो।

ब्युरो प्रमुख एसएसपी गोबिन्द थपलियाका अनुसार गोली लागेर सुशील परियार घाइते छन्। उनको खुट्टामा गोली लागेको छ।

उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई समेत पक्राउ गरेको छ।

उनीहरूबाट प्रहरीले ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ।

एसएसपी थपलियाका अनुसार उनीहरूले प्रहरीमाथि हम्मरले प्रहार गर्न खोजेका थिए। त्यसक्रममा प्रहरीले गोली प्रहार गरेको हो।

‘हम्मरले प्रहार गर्न खोजेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ एसएसपी थपलियाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply