२७ वैशाख धनगढी
ललितपुरको गोदावरीमा बसबाट खसेर बालिकाको मृत्यु भएको छ।
बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका वडा नम्बर १० टाखेलमा यात्रुवाहक बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
बा ४ ख ७०४ नम्बरको बस रोक्ने क्रममा ४ वर्षीया आर्या सन्जेल खसेकी थिइन्। उनी महांकाल गाउँपालिका वडा नम्बर ६ ठूलादुर्लुङकी हुन्।
दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको हो।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त चापागाउँले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1