गिल र साई सुदर्शनको शतकमा गुजरातले चेन्नईलाई हरायो

२९ वैशाख धनगढी
दुई ओपनरको शतकमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरातले चेन्नईलाई ३५ रनले पराजित गरेको हो।

गुजरातले दिएको २३२ रनको लक्ष्य पछ्याएको चेन्नईले ८ विकेट गुमाएर १९६ रन मात्रै बनायो।

त्यस क्रममा महेन्द्र सिंह धोनी ११ बलमा १ चौका र ३ छक्का प्रहार गरी २६ रन बनाएर नट आउट रहे।

ड्यारिल मिचेलले ३४ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ६३ रन बनाए। मोइन अलीले ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ५६ रनको योगदान गरे। शिवम दुबेले २१ र रविन्द्र जडेजाले १८ रन जोडे।

चेन्नईका ओपनरद्वय अजिन्क्य रहाने र रचिन रविन्द्र १/१ रनमा आउट हुँदा कप्तान रूतुराज गायकवाड शून्यमा आउट भएका थिए।

बलिङमा गुजरातका मोहित शर्माले ३ विकेट, रसिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले १/१ विकेट लिए।

नरेन्द्र मोदी स्टेडियम अहमदावादमा पहिले ब्याटिङ गरेको गुजरातका लागि कप्तान तथा ओपनर शुभमन गिलले १०४ रन र अर्का ओपनर साई सुदर्शनले १०३ रन बनाएका थिए।

कप्तान गिलले ५५ बलमा ९ चौका र ६ छक्का प्रहार गरे भने ओपनर साई सुदर्शनले ५१ बला ५ चौका र ७ छक्का प्रहार गरे।

डेविड मिलर १६ रन बनाएर नट आउट रहे।

चेन्नईका तुसार देशाण्डेले २ विकेट लिए।

पराजयका बाबजदुर चेन्नई १२ अंक जोडेर तालिकाको चौथो स्थानमा छ भने विजयी भएको गुजरात आठौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply