फेसबुकमा स्टाटस लेखेको विषयलाई लिएर तरूण दल बैठकमा विवाद

३१ वैशाख धनगढी
फेसबुकमा स्टाटस लेखेको विषयलाई लिएर नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलमा विवाद देखा परेको छ।

केन्द्रीय सदस्य सरोज न्यौपानेले तरूण दलको नयाँ समिति आएको तीन वर्ष हुँदा पनि नेतृत्वले खासै काम गर्न नसकेको भन्दै आलोचनासहित पोस्ट गरेका थिए।

‘तरूण दलको नयाँ समिति आएको पनि ३ वर्ष कट्न लागेछ, मुद्रा संकलन र जन्मदिनको केक काट्नेबाहेक अरू केही गर्न सकिएन,’ न्यौपानेले फेसबुकमा लेखेका थिए, ‘म तरूण दल केन्द्रीय सदस्य भन्न पनि लाज भइसक्यो।’

तरूण दलले भवन बनाउने भन्दै केन्द्रीय सदस्यहरूबाट पैसा संकलन गरिरहेको छ।

यो विषयलाई लिएर बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा विवाद भएको हो। अध्यक्ष विद्वान गुरूङ र केन्द्रीय सदस्य न्यौपाने पक्षबीच विवाद हुँदा कुटाकुट नै भएको छ।

न्यौपानेले फेसबुकमा स्टाटस लेखेपछि दुई समूहबीच विवाद हुँदै आएको थियो।

अध्यक्ष गुरूङनिकट दिल लामामाथि न्यौपाने समूहका रोहित लामाले कुटपिट गरेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए। कुटपिटमा उत्रिएका दुवै पार्टीभित्र संस्थापन पक्षनिकट मानिन्छन्।

अध्यक्ष गुरूङ पक्षले भने बैठकमा विवाद भएका विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

बैठकपछि अध्यक्ष गुरूङले जारी गरेको विज्ञप्तिमा जेठ २ गते मध्याह्न १२ बजे माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म सहकारी ठगीविरूद्ध विरोध र्‍याली निकाल्ने निर्णय गरिएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply