झापामा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ

१ जेठ धनगढी
झापामा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्।

तेह्थुम आठराई गाउँपालिका-१ का १९ वर्षीय सबिन लाम्गादे पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो।

लाम्गादेले १७ वर्षीया बालिकालाई कनकाई नगरपालिका-५ चप्रामारीमा आइतबार राति बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply