सल्यानमा श्रीमान् र श्रीमती मृत फेला

१ जेठ धनगढी
सल्यानमा श्रीमान् र श्रीमती मृत फेला परेका छन्।

मंगलबार बिहान शिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ रतनताल टोलका ३१ वर्षीय केशव राना र उनकी श्रीमती २७ वर्षीय श्रीमती केवली राना मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीका अनुसार केवली १७ दिनकी सुत्केरी थिइन्। प्रहरीको प्रारम्भीक अनुसन्धानबाट श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको देखिएको छ।

श्रीमतीको सुत्ने कोठामा धारिलो हतियार प्रयोग गरी हत्या भएको र श्रीमान् घर नजिकैको झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

केवली १७ दिनको सुत्केरी थिइन्। राना दम्पत्तीका दुई छोरा र दुई छोरी पनि छन्।

हत्या भएको थाहा पाएपछि ५ वर्षीय जेठा छोरा मंगलबार बिहान करिब ४ बजेतिर आफ्ना ठूला बुवाको घरमा पुगेर जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई खबर भएको थियो।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार मृतक केशव मानसिक रूपमा अस्वस्थ र धेरै मापसे गर्ने गरेको प्रहरी निरीक्षक धमलाले बताए।

सल्यानमा दुई दिनको अन्तरालमै एकै प्रकृतिका दुइटा घटना घटेका छन्।

वैशाख ३० गते बनगाड कुपिण्डे नगरपालिका–४ देउरालीमा २३ वर्षीय कमला बुढा र उनका ३४ वर्षीय श्रीमान् मनोज बुढा मृत फेला परेका थिए। यस घटनामा पनि कमलाको हत्यापछि मनोजले आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply